Home » » बिछोडको पिडा दियौ आँसु बनाइ पिउदैछु,

बिछोडको पिडा दियौ आँसु बनाइ पिउदैछु,

Written By shrestha on Saturday, March 10, 2012 | 11:20 PM


 गजल   
बिछोडको पिडा दियौ आँसु बनाइ पिउदैछु,
तिम्रो साथ नपाए नि एक्लै जीवन जिउदैछु।

कोठा भरी छरपट्ट छरिएका तिम्रा प्रेम पत्रहरु
 धुजा धुजा च्यातिएछ्न जम्मा गरी सिउदैछु।

मेरो खुशी खोसी लगेउ फगत धोका दिएर,
भोक प्यास बिर्सिएर दिन् दिनै खिइदैछु।

कति रहेछन धोका खाने  पापी यो संसारमा,
भेटिन्छन कि अरु पनि एता उति चिहाउदैछु।

साहरा देउ मायाको  आशा लाग्छ अझै तिम्रो ,
 मर्नु भन्दा आशै आशाको जीवन जिउन हौसिदैछु।

 #मोहन 'बिहानी'  #  भक्तिपुर ७ सर्लाही #

Share this article :

0 comments:

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger