Home » » गजल मन्जरी 2070-04-14 Listen and Download

गजल मन्जरी 2070-04-14 Listen and Download

Written By https://mohanbihani.blogspot.com/ on Sunday, August 18, 2013 | 4:20 AM

गजल मन्जरी
 2070-04-14
ढुकढुकी एफ. एम . 92.4Mhz
लालबन्दी सर्लाही 
 Host: Manoj Bakhrel
Time and Date: 
Every Monday--9 p.m.
 Facebook Page-Gazal Manjari
Online Listen Here-http://dhukdhukifm.com/ 
Listen and Download

    
Download : Click Here To Download
-----------------------------------------------------------------------
 Download गर्नकोलागि माथिको click Here To Download) मा (Right Mouse Click) गरी (Save Link as..) मा Click गर्नुहोस् !
आज २०७०/०४/१४ गते को गजल मन्जरी मा वाचन का लागि तयार भयका तपाई का रचना हरु तल पोस्ट गरेको छु
--------------------------------------------------------------
मुक्तक,
ईसाराले मनको कुरा बुझे पो त माया !
दिलको राजा सम्झीएर पुजे पो त माया !!
एुउटाको आँखा बाट आँशु झर्यो भने,
अर्का को मन निथ्रुकै रुझे पो त माया !!
बालकृष्ण भट्टराई,
पिडीखोला,स्याङ्जा।।
)!=
गजल
मन गुरुङ "माईला: ढापुक-७ स्याङ्जा 'पखेरे'
अचेल:पोखरा

त्यो नजरमा परे पछि, बेसुर हुने गर्छु।
कोमल अंग-अंग चुम्न, आतुर हुने गर्छु।

बुझ्न सकिन मोहजाल, उनको चेहराको,
समिप जब परे पछि, मधुर हुने गर्छु।

छलक भएन कहिल्यै, अनुकूल बन्दैछ,
प्रियको साथले आफै म, गजुर हुने गर्छु।

जब म मधुशाल पस्छु, प्रियसी पनि हुन्छे,
उनि सामु किन किन, व्याकुल हुने गर्छु।

प्रगाढ हाम्रो मायामा, मदहोस भो दुनिया,
अनौठो लाग्छ तर खुसिले, भर्पुर हुने गर्छु।


02.
@ G.M. दिपु देपेन्द्र ,खोलागाँऊ-5 सर्केना, रुकुम
हाल:- डोटी-दिपायल

भड्खालोभित्र पर्छौ, अनि थाहा हुन्छ..!!
कुकुर मरेझै मर्छौ, अनि थाहा हुन्छ..!!

तिम्रा सन्तानले तिमीलाई, यस्तै गर्नेछन ¥
जस्तो तिमीले गर्छौ, अनि थाहा हुन्छ..!!

सयौँ सपना बोकेर, शहर छिरेका छौ ¥
गल्ली गल्लीमा झर्छौ, अनि थाहा हुन्छ..!!

पाकेको अन्न स्यार्हान, कति सजिलो छ ¥
आफ्नै हातले अन्न छर्छौ, अनि थाहा हुन्छ..!!

घर न घाटका भाछ'न, मेरै अघि धेरैजना¥
जब सागर तर्छौ, अनि थाहा हुन्छ..!!

03.
YB GM
कालागाउ सल्यान

कोमल यो मुटुलाइ फुटाएर गयौ
अजम्बरी नातालाइ टुटाएर गयौ

सजाउथे दीलमा सक्दीन महलमा
न्यानो मेरो साथलाइ छुटाएर गयौ

हिजोआज जताततै हल्ला सुन्दैछु
म अर्केसग त्यो जवानी लुटाएर गयौ

कस्तो खेल्यौ खेल शानु बुझ्नै सकीएन
तिम्रो बीहे मेरो मृत्यु जटाएर गयौ

4 .
गजल
copyright मोहन बिहानी भक्तिपुर सातसर्लाही
२०७०-०४-०८ मंगलबार ७ बजे बिहान

<><><><><><><><
अध्याँरो रातको प्रकाश तिमी
मेरो जीवनको मधुमास तिमी //१//

अनेकौ फूलहरु भएनी बागमा
सुगन्ध भित्रको सुवास तिमी //२//

घाम र जूनलाई सोध्नु पर्दैन
मेरो संसारको आकाश तिमी //३//

जीवन मृत्यू बिच संघर्ष चल्दा
जिन्दगी जिउनुको आभाष तिमी //४//

बन्धक भएन मेरो यो दुनियाँ
आजको जिउँदो ईतिहास तिमी //५/

%
गजल
सरोज चौलागाई
ईश्वरपुर–३, बयलवास, सर्लाही, नेपाल

तिम्लेछाडे पनिअझै, बाँच्दैछु म त ।
एकमुठी सासपनि, साँच्दैछु म त ।

पलपल आउने तिम्रा ति यादहरु,
एकाएक गरिसबै, भाँच्दैछु म त ।

के?चोखो थियोत हाम्लेलाको माया,
मनभित्र आफैसंग, जाँच्दैछु म त ।

भाव विहल भएपनि यादले तिम्रो,
विरहको भावछाडि, नाँच्दैछु म त ।

नसोच खुःसीनै छैन सरोज भनी,
आईहेर एकपटक, हाँस्दैछु म त ।

6
एक बहादुर पुलामी मगर मैदी-२,धादिङ्
हाल- बिरानो मुलुक

छाडी जादा उनले आज,रुदै बाच्नु पर्‍यो ।
मेटाएर खुशी मनका,पिडा साच्नु पर्‍यो ।

दुई मुटु एउटै पार्ने बाचाहरु भुलि,
बेसाहारा सिङ्गो मुटु,बिचमै भाच्नु पर्‍यो ।

पोले पनि छाती आफ्नो दबाएर मनमै,
आशु पिई उनको लागि,हास्दै नाच्नु पर्‍यो ।

उफ,आफै बोक्सी आफै झाक्री बनेर अझै,
कोमल दिल मारिवोरि,भन्छे जाच्नु पर्‍यो ।

खुशी साट्दै रम्दा ऊ कठैवरा पुलामी चै,
चोटै चोटको थुप्रो सँग,मन दाज्नु पर्‍यो ।

7
तारा प्रसाद अधिकारी
दानाबारी,गरुवा ईलाम

सिरानीमा यादहरु छिर्न थाले पछि//
भोक तिर्खा निद्रा हुन्न पिर्न थाले पछि //१//

सपनीमा चिच्याउछ प्रवासमा कोहि//
रगतले मुटुलाई नै चिर्न थाले पछि//२//

दिन बित्छ बर्ष बित्छ परचक्री देशमा//
गनी गनी साँवा ब्याज तिर्न थाले पछि//३//

आपत्तिमा एक्लै हुन्छ सम्पतिमा सबै//
गरिबका दिनहरु फिर्न थाले पछि//४//

8.
Ramesh Aryal
स्याङ्गजा
हाल-मरुभूमिको छातीबाट

तामामा पनि सुनमा पनि
घोटला हुन्छ नुनमा पनि

किलो चामल किनेर ल्याएँ
रुपैया पर्‍यो घुनमा पनि

उपदेश दिने समय छैन
बैगुण देख्छन् गुणमा पनि

सराब पिउनुस् या दुध अब
मिसावट छ थुनमा पनि

महिनै बिच्छे सरकार फिर्छ
भ्रष्टाचारै छ जुनमा पनि

शहिदका स्वप्ना टुटाएर सारा
होली खेलियो खुनमा पनि

9
अबिरल सागर सौगातसालझण्डी-1 रूपन्देही
~~~~~~गजल~~~~~~
कोहि देश बनाउँछु भन्ने परिवर्तनकारी देखे॥
कोहि बन्दुक बोकेर हिड्ने हतियारधारी देखे॥

कसरी पुरा गर्ला?र सरकारले जनताका मागहरू॥
सरकार मै देशद्रोही अनि भष्टाचारी देखे॥

संबिधान छिटो बनाऊँ भन्दै बाटो बाटोमा॥
चिच्याउँदै जनताले गरेको खबरदारी देखे॥

पतिको बियोगमा बिलौना गरी रोईरहेका॥
बिचरा छटपटाउदै गरेको बिदुवा नारी देखे॥

अब कसरी चल्छ होला? जिबनमा गुजरा मेरो॥
बाढी पहिरोले सारा लगेको खेतबारी देखे॥

10
दीप मिलन
रुद्रपुर-०२ रुपन्देही
हाल दोहा कतार

हाँसो बिक्छ खुशि बिक्छ सबै बिक्छ शहरमा!
हात लाग्यो शून्य भाग किन झिक्छ शहरमा!!

हिजो आज त्रास छन जताततै बस्तिहरु,
बच्चा पाठ जाल झेल ठगी सिक्छ शहरमा!!

चेलिबेटी लुटीँदैछ बेचिदैछ स्वभिमान,
सोझा साझा जन बाँच्न कँहा ठिक्छ शहरमा!!

यता तिर मान्छे मारी उतातिर पार्टी चल्छ।
म त भन्छु मार्ने पाजि मात्र टीक्छ शहरमा!!

11
© सुमन मुस्कान
बालकुमारी कलेजनारायणगढ , चितवन

. एउटा यस्तो सुनसान बस्ति बनाउनेछु ।
अनी त्यहि लगेर भगवान सजाउनेछु ॥

होसियार , फेरी पनि संविधान बनेन भने ।
वेकामको त्यो सिंहदरवार जलाउनेछु ॥

साच्चै मेरी प्रेमिका यसो पो भन्छिन ।
खानै पर्दैन तिम्रै गजल सुनेर अघाउनेछु ॥

राजस्व बिर्दि गर्न अर्थमन्त्रिले सोच्दा हुन ।
विलासिता बस्तुमा अझै बढी कर लगाउनेछु ॥

यहा सबकुरा समयले आफै सिकाउदो रहेछ ।
कुन बाबुले भन्छ ? मेरो छोरोलाई प्रदेश पठाउनेछु ॥
Share this article :

0 comments:

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger