Home » » तिमीले सोचेजस्तो बिशाल घर छैन मेरो,

तिमीले सोचेजस्तो बिशाल घर छैन मेरो,

Written By shrestha on Monday, July 29, 2013 | 2:39 AM

गजल
तिमीले सोचेजस्तो बिशाल घर छैन मेरो,                                     
समाजमाआफु ठुलो ठान्ने थर छैन मेरो।                      

 
जीन्दगीको, उकाली ओराली र मोडहरुमा,
कहिले नटुङ्गने लामो सफर छैन मेरो ।

बाटो बिराउने धेरैछन् यहाँ हिजो आज,
खुलेआम बदनाम भको शहर छैन मेरो।

कोमल हुन्छ भन्छन मान्छेको मन मुटु,
तिम्रो जस्तै कठोर दिल पत्थर छैन मेरो।

'बिहानी'साँची छ सोधेर आउनोस् हजुर,
गिराई तिम्लाई हेर्ने तुच्छ नजर छैन मेरो।

copyright @ मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-०३-२८ राति ९ बजे
Share this article :

0 comments:

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger