Home » » 3---मुक्तक

3---मुक्तक

Written By shrestha on Thursday, June 6, 2013 | 1:24 AM

मुक्तक-1
***********************
भुलेको ति रातहरु किन याद आउँछ,
मिठा मिठा बातहरु किन याद आउँछ।
नदीका झै दुई किनार भै बस्दा पनि,
बिताएका साथहरु किन याद आउँछ।
copyright@मोहन बिहानी
भक्तिपुर ७ सर्लाही
मुक्तक.2
***************
स्वार्थी छ दुनियाँ भर कस्को पर्नु,
जङ्घार छ गहिरो को सङ्ग तर्नु।
गरेको मायामा धोका पाए पछी,
तिमीलाई चै बिश्वास कसरी गर्नु।
copyright@मोहन बिहानी
भक्तिपुर सात
सर्लाही
मुक्तक.3
**************************
मलिनता न आयोस त्यो अनुहारमा
देखेर मेरो फोटो आजको अखबारमा।
परिबर्तन चाहनेले खोज्नु सधै मलाई,
तात्ततो आगो ओकल्ने मेरा हतियारमा।

Copyright @ मोहन बिहानी
भक्तिपुर-सात सर्लाही
२०७०-०२-२३ बिहिबार
Share this article :

0 comments:

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger