Home » » गजल

गजल

Written By shrestha on Friday, March 15, 2013 | 12:29 AM


~~~~गजल~~~~~~~~
तिम्रो मेरो प्रेमको दीप बालौ कि त सानु,
तिमी सङै नयाँ जीवन थालौ कि त सानु।

माया प्रेमको सन्सारमा बाधा बन्धन धेरै,
रोकिएको हाम्रो पाइला चालौ कि त सानु।

अन्ध विस्वास कुरीतिको जालो बढ्दै गाछ,
पुराना ति कुसंस्कारलाई फालौ कि त सानु।
उतार चढाबमा सम्बन्धमा नआएको होइन,

प्वालै प्वाल भाको मुटु टालौ कि त सानु।
नदेखेको सपना पनि पुरा होला जस्तै गरी

खुल्दुली दुई मन भित्र पालौ कि त सानु।

Copyright@ मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०६९ फागुन ४ गते शुक्रबार
**********************************************************

~ गजल -~
आफ्नो ठान या ठान पराई ,
केहि त ठान तिमीले मलाई।

मुटुमा माया छ भने भन,
सबैको सामु बेसरी कराई।

तस्विर मेरो छ तिमीसङ्ग
राखेको हेर दिलमा सजाई।

खुसुक्क मनको ईसारा बुझ,
बिस्तारै भन्छु ललाई फकाई।

बोलाउँदा मैले डरायौ किन ?
नढाँटी भन यो गीता समाई।

copyright @ मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०६९-फागुन ८ गते मङलबार
************************************************************
***गजल***
साँझ त्यो ढल्दै थियो सुस्तरी सुस्तरी
दिप त्यो बल्दै थियो सुस्तरी सुस्तरी।

मौसम मधुमासको आएको हो कि
साउती चल्दै थियो सुस्तरी सुस्तरी।

बैशमा सल्केको त्यो आगो बलेर,
खरानी जल्दै थियो सुस्तरी सुस्तरी।

रती तिमी म कामदेब हु आजको,
भनेर छल्दै थियो सुस्तरी सुस्तरी।

रातमै मज्जा थियो बिहानी आएर
थाकेर गल्दै थियो सुस्तरी सुस्तरी।

copy right@ मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०६९-फागुन १३ गते


*******************************************

गजल
*************************
सोह्र बर्षे तन्नेरीको जातै रमाइलो।
उत्ताउलो जवानीको मातै रमाईलो ।।

अपरिचित अन्जान भन्नै नपर्ने भो।
गरिने चिनजानको शुरुवातै रमाईलो।।

स्पर्शको चाहनाले नजिक हुदै गर्दा l
छिल्लिएर गरिने त्यो बातै रमाईलो।

लुकामारी खेल्ने त निहुँ मात्र रैछ।
दुबै जना हराउँदाको साथै रमाईलो।।

मायाप्रीती भन्ने कुरा उमेरमै रैछ।
छट्पटिमा काटेका ती रातै रमाईलो।।

Copyright@--मोहन बिहानी,
भक्तिपुर-७ सर्लाही --
२०६९ फागुन १७ गते बिहिबार


Share this article :

0 comments:

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger