Home » » ठिटि देख्तैमा बिनासित्ति खोकेको छैन मैले त

ठिटि देख्तैमा बिनासित्ति खोकेको छैन मैले त

Written By shrestha on Tuesday, January 8, 2013 | 3:10 AM


एउटा गजल......
-----------------------------------------------
मोहन बिहानी
ठिटि देख्तैमा बिनासित्ति खोकेको छैन मैले त
साँझ पर्दा नपर्दै भट्टीमा धोकेको छैन मैले त।

जाडो लाग्यो भन्दै पिउछन् साथीहरु जमातमा,
सितनमा नुन खोर्सानी टोकेको छैन मैले त।

जागिर खान लोकसेवा दिउ भनेको मैले नि
पास गर्न सामान्यज्ञान घोकेको छैन मैले त।

चाकडी, चाप्लुसि र फरियाबाद मौलायो यहाँ
भनसुन गर्दै हजुरिया ठोकेको छैन मैले त।

सत्तामा जान झुठा सपना धेरै बाडियो युवामा,
राजनैतिक पार्टिको झन्डा बोकेको छैन मैले त।

Coprright @मोहन बिहानी
भक्तिपुर सात सर्लाही
2069-09-24
Share this article :

0 comments:

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger