![]() |
मोहन बिहानी |
गजल
------------------------------------------------
नजुधाई आखाँ तरेको पो राम्रो
लुकिछिपी माया गरेको पो राम्रो।
लुकिछिपी माया गरेको पो राम्रो।
दु:खमा त भिजेकै हो नि परेली
खुशीमा हर्षासु झरेको पो राम्रो।
बसौ ए हजुर आउनुस भन्दा,
नाई भन्दै पर सरेको पो राम्रो।
रिसाउँदा राम्रो लाग्छ मलाई त
हाँस्दा डिम्पल परेको पो राम्रो।
मायामा बदनाम हुनै परेसी,
बिहानी कै साथ मरेको पो राम्रो।
copyright @मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०६९-०८-२४ आईतवार
0 comments:
Post a Comment