Home » » गजलका पानाहरु-8( 2069-06-06तदनुसार 22-09-2012) Download

गजलका पानाहरु-8( 2069-06-06तदनुसार 22-09-2012) Download

Written By shrestha on Sunday, September 23, 2012 | 6:20 PM


GAZALKA PANAHARU : 8                                                                                              
कार्यक्रम : गजलका पानाहरु  
प्रस्तोता : गजल प्रेमी इन्द्रमान समय : हरेक शनिवार फेसबुक : Gazaka Panaharu(रेकर्ड गजलहरुको कार्यक्रम)
आवाजको दुनियामा इन्टरनेट नेपाली रेडियो - रेडियो हाम्रो संसार डट कमको प्रस्तुती गजल अनुरागी मित्रहरुका लागि कार्यक्रम "गजलका पानाहरु" प्रस्तोता गजल प्रेमी औसिकोरातमा इन्द्रमान आत्माको साथमा सुन्नुहोस




आज मिति 2069-06-06तदनुसार 22-09-2012
का दिन गजलका विभिन्न पानाहरु पल्टाउन कर्यक्रम गजलका पानाहरु लिएर कार्यक्रम प्रस्तोता गजल प्रेमी इन्द्रमान आत्मा औसिको रातमा आउनुभएको छ। आज कार्यक्रमको पहिलो बसाईमा तपाईहरुले फेसबुक पेजमा पोष्ट गर्नुभएको गजल बाचन हुनेछ । कार्यक्रम प्रति सल्लाह सुझाबहरु भए यसै कार्यक्रमको फेसबुक पेज Gazalka Panaharu मा प्रतिकृया पोष्ट गर्न सक्नुहुनेछ । कार्यक्रम उपलब्ध गरेर सहयोग गर्ने प्रस्तोता साथी लाई धेरै धेरै धन्यवाद । यो श्रीङ्खला देखी गजलका पानाहरु रेडियो हाम्रो संसार बाट प्रसारण हुनेछ । आउनुस् हामी पनि सुनौ यो कार्यक्रम l


Download From Click HERE Size 12MB
*************************

यो अङ्कमा बाचन भएको मेरो गजल
*********************************
गजल 
कोही आई बिषको प्याला पिलाई दिए हुन्थ्यो,
बन्धकी भो जीवन मुक्ती दिलाई दिए हुन्थ्यो।। 

छटपटि छ जलन छ पिडा कतिकति अचेल,
चिरा चिरा भाको मुटु सिलाई दिए हुन्थ्यो।।

जाल झेल धेरै भयो जीवन जिउने क्रममा,
तारेख अघि नै मुद्दा मिलाई दिए हुन्थ्यो।।.

कोहि बाँच्छ खानलाई बाँच्न खान्छन् कोहि ,
भोकले मर्दा दुई छाक खिलाई दिए हुन्थ्यो।।

जलिराको छ आत्मा यहाँ जलाउ अझै कति,
क्षितिज पारि पुग्ने गरि बिलाई दिए हुन्थ्यो।।

copyright @ मोहन बिहानी ,भक्तिपुर-७ सर्लाही
२०६९ भदौ २६ गते मंगलवार राती १० ।५५ बजे 



Share this article :

0 comments:

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger