Home » » २ गजल

२ गजल

Written By shrestha on Sunday, August 5, 2012 | 7:06 PM

मोहन बिहानी

*********गजल-१*******


किस्ताबन्दीमा माया तिम्रो मन पराउने मै हु,
तिम्रो कुटिल मन्द मुस्कानमा डराउने मै हु।

दिन रात किन आउँछ तिम्रै याद मलाई,
तिम्रो सम्झनामा सधै भरी हराउने मै हु ।

समिप्यता नभए नि दिन काट्न गारो हुँदा,
सम्झि राति सपनिमा एक्लै बरबराउने मै हु।

जादै गर्दा  एक्लै कतै गोधुलि त्यो साँझमा,
लुक्दै तिम्रो  पछि लाग्दै  कराउने मै हु।

माया गर्नेहरुको मन दुखाउनु हुन्न भनि
दुबै परिवारलाई राजी खुशि गराउने  मै हु।

Copyright@मोहन बिहानी ,भक्तिपुर-७ सर्लाही
२०६९साउन १५ सोमबार ४.३३ बजे


**********गजल-२**********


भित्र भित्रै कता कता देश जलेको छ यहाँ
सायद भन्नु पर्दैन परिबेश गलेको छ यहाँ ।

बिश्वास गर्यो जस माथि घात गर्छ उहि,
साम दाम दन्ड भेदले सधै छलेको छ यहाँ ।

चर्काउन खोज्छ युद्द समय लाई बन्दि बनाई
राज्यसत्ता हात पार्न छायाँ आदेश चलेको छ यहाँ।

भाई भाइमा फुट ल्याउन जाति बादी हाबि हुदै,
अर्कोलाई दोष लाउदै आफु आफु ढलेको छ यहाँ।

घृणा द्वेस स्वार्थ छल बलमा अड्यो राजनिती सधैं ,
सत्ता मोहमा  लिप्त भै जो कोइ जमेको छ यहाँ।
copyright @ मोहन बिहानी, भक्तिपुर-७ सर्लाही
२०६९-साउन १५ गते सोमबार
https://www.facebook.com/mohan.kafle



Share this article :

1 comments:

नेपाल said...

के तपाई आफ्नो ब्लग बाट अक्षर चोरी रोक्न चाहनुहुन्छ ? चाहनुहुन्छ भने सम्पर्क गर्नु होला !
कसरि रोकिन्छ त अक्षर चोरी हेर्न को लागि यो ब्लग हेर्नुहोस त कपि गर्न खोज्नुहोस http://bisauninepal.blogspot.com/

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger