Home » » गजल

गजल

Written By shrestha on Wednesday, July 18, 2012 | 11:34 PM


गजल
मेरो माया तिमी तिरै छ मैले ढाँट्या छैन हजुर,
अन्त कतै तिमी बाहेक माया साट्या छैन हजुर ।

लोभी नजर लगाउदै एकान्तमा भेटौ भन्छन मलाई,
विश्वासघात गरी कहिल्यै कतै रात काट्या छैन हजुर ।

मुटु भरि तिम्रै माया सँगालेर राखेको छु जतन गरि,
बिर्सेर मैले अन्त मायाको गुलियो चाट्या छैन हजुर।

सुखी जीवन दिन्छु भनि अरब गयौ मेरा लागि,
तिमीलाई ढाँटी अरुलाई पनि बैंस बाँट्या छैन हजुर।

गाउँ घरमा कुरा काट्छन् खसम --- परदेशमा हुदाँ ,
पिरति को डोरिले कसैलाई अन्त बाध्या छैन हजुर।

copyright @ मोहन बिहानी, भक्तिपुर-७ सर्लाही २०६९-०३-२२ शुक्रबार

Share this article :

0 comments:

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger