Home » » गजल

गजल

Written By shrestha on Saturday, July 28, 2012 | 7:35 PM


*********गजल***********

ओई नानी मन्दिर हिड्यौ बोकी पुजा थाली ?
चिरिच्याट्ट भै हिडिछौ तिमि लगाएर लाली।

मस्की मस्की हिड्छौ ढल्की चारै दिशा हेर्दै,
केटाहरु लागे पछि पछि बजाउदै.... ताली।

कस्तो लुगा लाकी तिमीले हेर्दै लाज लाग्ने,
पुरै बदन देखिएको त्यो पारदर्शि जाली।

छोटा छोटा भयो लुगा सबको नजर तान्ने,
जिस्क्याउने ठिटाहरुलाई किन गछौ गाली?

सभ्य शिष्ट राम्रो पहिरन लगाएको पो राम्रो,
फेशनको नाममा नांङ्गीन किन खोज्छौ काली?

copyright @ मोहन बिहानी, भक्तिपुर-७ सर्लाही
२०६९-साउन १३ गते आईतबार
Share this article :

0 comments:

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger