Home » » हाम्रो संसार अनलाईन रेडियो23-07-2012 Download

हाम्रो संसार अनलाईन रेडियो23-07-2012 Download

Written By shrestha on Thursday, July 26, 2012 | 6:07 PM

शान्ति पाख्रिन 

हाम्रो साहित्य कला संसार नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म
शान्ति पाख्रिन प्रत्येक सोमबार झैं आज पनि मिति 23-07-2012 /2069-04-08  हाम्रो संसार अनलाईन रेडियो बाट कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका गजल तथा सुमधुर गजल गीतहरु लिएर उपस्थित हुनुभैसक्नुभएको छ । यो कार्यक्रम आउनु होस् हामि पनि सुनौ http://www.hsradio.hamrosansar.net/
ईजरायलबाट online मा  प्रसारण हुने गजल बिसेष यो कार्यक्रम अब आउँदो सोमबार बाट "गजल संसार"को नाम मा आउदै छ।

Download-Click Here to Download

हाम्रो साहित्य कला संसारको यो 23-07-2012 /2069-04-08 अङ्कमा मेरो यो गजल बाचन भएको छ।
गजल
चोखो माया दिन्छु भन्थ्यौ अन्तै नाता जोड्यौ,
झुठो आशा दियौ मलाई मेरो साथ छोड्यौ।

सँगै बाँच्ने सँगै मर्ने खाएका ति कसमहरु,
एका एक टाढा हुदै किन बाचा तोड्यौ ?

आउँदै थिँए तिमीलाई भेट्न क्षितिजपारीबाट,
कति छिट्टो पराईको तिमीले घुम्टो ओढ्यौ?

माया गर्ने हजार रैछन तिम्रो यौवनलाई,
पैसावाला भेट्यौ र त उस्को डोली चढ्यौ।

जानु रैछ आखिर टाढा तिम्रो काले प्रेमिसँग,
हाँसी हाँसी गा'भा हुन्थ्यो किन शिर मोड्यौ ?
copyright @मोहन बिहानी ,भक्तिपुर-७ सर्लाही #
Share this article :

0 comments:

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger