Home » » गजल

गजल

Written By shrestha on Monday, May 7, 2012 | 7:32 PM


गजल
अर्धमृत मायाको बिरुवा खुसुक्क अन्त सारेर नजाउ ल सानु,
नफक्रदैको मायाको कोपिला एक्कासी झारेर नजाउ ल सानु।

बगैचामा हजारौ फुलहरु छन मिठो मिठो सुवास छर्ने,
केवल रातो गुलाबलाई मात्र बार बारेर नजाउ ल सानु।

भवराँ नसम्झ मलाई तिमी जथाभाबि फुलमा रमाउने,
हिलोको कमलझै मलाई तलाउमा  छाडेर  नजाउ ल सानु ।

जित्यौ मायामा मेरो राजा भन्दै खुशीको अट्ठाहाँस गर्दै,
आजै तिमीले मेरा लागी फटाफट हारेर नजाउ ल सानु।

तिमी छैनौ साथ भने सन्सार सुन्य छ मेरा लागी,
हात अरुको लिएर मलाई एक्लो पारेर नजाउ ल सानु।

copyright@मोहन बिहानी,भक्तिपुर-७ सर्लाही२०६९-०१-२३ सनिबार 

Share this article :

0 comments:

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger