Home » » तिम्रो जीवनको फुलबारीमा सुबास छर्छु म तिम्रो कसम,

तिम्रो जीवनको फुलबारीमा सुबास छर्छु म तिम्रो कसम,

Written By shrestha on Monday, May 21, 2012 | 7:10 PM

गजल

तिम्रो जीवनको फुलबारीमा सुबास छर्छु म तिम्रो कसम,
नराख सिउँदो सधै खाली सिन्दुर भर्छु म तिम्रो कसम ।

बयली खेल्दै झुलेको त्यो तिम्रो यौवनले लठ्यायो मलाई,
विश्वास गर तिमिले चोखो माया गर्छु म तिम्रो कसम ।

गर्दा जीवनमा संघर्ष एक्ला एक्लै,आएन खुसि कहिलेनि,
साथ दिन तयार छु तिम्रो सधै दुख हर्छु म तिम्रो कसम।

मेला पात गर्दै गर्दा भेटघाट् हुन छाड्यो भने एक्कासी,
तिमिलाई  भेट्न भनेरै बेशीं तिर झर्छु म तिम्रो कसम ।

माया प्रेमको दुनियाँ विश्वासमा चल्छ भन्छन् सबले यहाँ,
साथ पाउने आशले यो जुनीमा तिम्रै भर पर्छु म तिम्रो कसम।

Copyright@मोहन बिहानी, भक्तिपुर-७ सर्लाही #२०६९ -२-८ सोमबार #

Share this article :

1 comments:

Raju said...

बयली खेल्दै झुलेको त्यो तिम्रो यौवनले लठ्यायो मलाई,
विश्वास गर तिमिले चोखो माया गर्छु म तिम्रो कसम ।
gajab sher chha Dai........................

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger