Home » » मिठो आशा देखाउदै मेरो सिउँदो भर्छु भन्थ्यौ,

मिठो आशा देखाउदै मेरो सिउँदो भर्छु भन्थ्यौ,

Written By shrestha on Thursday, March 8, 2012 | 11:59 PM


#  गजल  #


मिठो आशा देखाउदै मेरो सिउँदो भर्छु भन्थ्यौ,
मैले साथ दिइँन भने हाँसी हाँसी मर्छु भन्थ्यौ।

वरिपरि झुम्मी रहन्थ्यौ भवरा झै फुलबारीमा,
बेली,चम्पा,चमेली झै तिमि सुवास छर्छु भन्थ्यौ।

हजारौ छन् माया देखाउने चोखो प्रेम छैन कतै,
स्वच्छ कन्चन माया पाउन मेरै भर पर्छु भन्थ्यौ।

उकालीको दोबाटोमा हात समाइ बस्दा हिड्दा,
नागबेली खोलाको भेल तिमी सङै तर्छु भन्थ्यौ।

देखावटी माया होइन चोखो प्रीत दिएँ भने,
मेरो दिलको कुनामा  तिमी डेरा सर्छु भन्थ्यौ।
                                
                               -२०६८-०९-१८ 

    
Share this article :

0 comments:

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger